१९ साउन २०८१, काठमाडौं
काठमाडौंमा भैरहेको किताव जात्रामा उपन्यासकार मिलन सङ्ग्रौलाको उपन्यास “बावऋ” लोकार्पण सम्पन्न भएको छ । पुस्तकको लोकार्पण सगुना शाह, प्रवीण खतिवडा र लेखक स्वयम् समेतले सामुहिक रुपमा गरेका हुन् ।
किताब बिमोचनसँगै अन्तरसम्बाद समेत गरिएको थियो ।
“च्याट गर्ल”कथा सङग्रह, “पर्पला” उपन्यास पछि यो उपन्यास उनको तेश्रो कृति हो भने दोश्रो उपन्यास ।
बादल, वर्षा र ऋतुको पहिलो अक्षरबाट उपन्यासको नाम “बावऋ” नामाकरण गरिएको हो ।