गीत

गीत

सुनिल संगम

वारिपारि किन दैव मलाई उतै तारि देऊ
कि त सँगै पारिदेऊ कि भुतुक्कै मारि देऊ

चाहिँदैन केही बरु उसकै शीतल छाया देऊ
अँगालोमै बसि राख्ने मलाई मेरै माया देऊ
छटपटाउँदै जाग्ने होइन नीद आउने रात देऊ
माया गर्दै सुम्सुमाउने मलाई उसकै हात देऊ

गाह्रो भयो धेरै गाह्रो टाढिएर बस्नु पर्दा
बरै भन्ने कोही हुन्न बररर आँसु झर्दा
सक्दिन भो सक्दिन म प्रीति भुल्न एकैछिन
यति साह्रो तड्पी तड्पी बाँच्नु मैले कति दिन

गीतकार परिचयः सुनिल संगम नेपालको कटहरे सिन्धुलीमा जन्मेका हुन् ।विसं २०४९ मा साहित्य ज्योति पत्रिकामा गीत प्रकाशित गरेर लेखनमा आएका उनी अन्य विधामा कलम चलाए पनि उनी गीतमा बढी समर्पित छन् । उनका केही गीति एल्बमका साथै गीत सङ्ग्रह “थोपा थोपा”(२०६६) प्रकाशित छ । ईजरायल तथा पोर्चुगल केही बर्ष विताएर सन् २०२० देखि बेलायतको आश्फोर्ड, केण्टमा बसोवास गर्छन् ।

 

Leave a Reply