वेद कुमारी न्यौपाने
जुन दिन म-यो विस्वास त्यही दिन मरें म
आकाशबाट टुक्रेको तारा झरे झैं झरें म
जसलाई मैले आफ्नो भनी सम्झन्थें पलपलमा
थामेर हात उसैले आज छाड्दियो दलदलमा
न यो किनारा न उ किनारा बिचैमा परें म
आकाशबाट टुक्रेको तारा झरे झैं झरें म
थाहा भो अहिले टेकेछु मैले सपनाको पातमा
जीवनका स्वर्णिम दिनहरू सबै बदलिए रातमा
जुन दिन म-यो विस्वास त्यही दिन मरें म
आकाशबाट टुक्रेको तारा झरे झैं झरें म
०००
गीतकार परिचयः धादिङ जिल्लामा जन्मेकी लेखिका वेद कुमारी न्यौपाने हाल अमेरिका वसोवास गर्छिन् । विसं २०३१ सालमा रेडियो नेपालबाट कविता प्रशारित भएपछि उनको लेखन यात्रा प्रारम्भ भएको हो । उनका “पूर्णिमाको जून”(२०३६), “शब्द”(२०७९) कविता सङ्ग्रहहरु, , “अर्को यौटा विद्रोह”(२०५२), “आकांक्षाका सीमाहरू”(२०६७) कथा सङ्ग्रहहरु, “एउटा कथाको अन्त्य”(२०५३), , “विचलित वर्तमान” (२०५८), “प्लास्टिक सर्जरी”(२०७९), , “कुल्चिएका फूलहरू”(२०७९) नाटक तथा एकाङ्की सङ्ग्रहहरु, “हराएको किनारा”(२०७९) गीतसङ्ग्रह, “बन्धन” (२०८०) उपन्यास लगायत डेढ दर्जन कृतिहरु प्रकाशित छन् ।