अनेसास कविता महोत्सवका लागि ३०१ कविमध्येवाट३५ जना कविहरु छनोटमा परे

गीत बाल रचना

विश्वपरिक्रमा डेस्क
२१ सेपटेम्वर, वाशिंटन डिसी

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले २३ सेप्टम्वर बिहीबार गर्न लागेको कविता महोत्सवका लागि छनौटमा परेका ३५ जना कविहरुको नामावली प्रकाशित गरेको छ ।
छनौटमा परेका ३५ कविहरुमा सर्वाधिक नेपालबाट १२ जना, अमेरिकावाट ८ जना, जापानबाट ७जना, कोरियावाट २ जना, तथा अष्ट्रेलिया, अफ्रिका,बेल्जियम, क्यानाडा, पोर्चुगल तथा स्पेनबाट एकएक जना परेका छन् ।
पूर्व प्रकाशित सूचना अनुसार प्रथम एकजना , द्वितीय एकजना, तृतीय तीनजना र थप तीसजना कविहरुले महोत्सवमा कविता वाचन गर्ने छन् ।
दिवङ्गत राष्ट्रकवि माधव घिमिरेको स्मृतिमा बर्षेनी गरिने यो पहिलो महोत्सवमा विश्वभरका तीन सय एक कविले सहभागिता जनाएका छन् । त्यसमध्येवाट तीनजना निर्णायकको मतको आधारमा ३५ जना वाचनका लागि छनोट गरिएका हुन् ।
महोत्सवलाई निष्पक्ष र पारदर्शी बनाउन तीनजना निर्णायकलाई जिम्मा दिइएको बताउँदै अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले छुट्टाछुट्टै रुपले आएको नम्बर जोडेर निर्णय गरिएको र यसका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा महासचिव सर्वज्ञ वाग्ले र सदस्यहरू डा. रेणुका सोलु, प्रमोद सारंग , महेश्वर शर्मा सदस्य रहेको समितिले संयोजनको काम गरेको बताए ।
यस महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने कविहरूले क्रमश पाँचसय, तीन सय र दुई-दुई- दुई सय अमेरिकी डलर तथा प्रमाण‍-पत्र प्राप्त गर्नेछन् ।
कार्यक्रम जुम प्रविधि मार्फत गरिने छ ।
कविता वाचनका लागि छनोट ३५ ‌जना कवि, कविता र कर्मभूमि यसप्रकार रहेको छः
नेपाल
१. केशव भण्डारी (देश छाडनु अघि)
२.टीका आत्रेय (जीवनकुण्ड)
३. नवीन अभिलाषी (अन्तिम उज्यालोतिर)
४. निरज दाहाल (देशको खवर)
५. निशान निष्कर्ष (आदिम आवाज)
६. भावकेशर बराल (मौनता)
७. मीरा काफ्ले (चिनारी मेरो )
८. वन्दना भट्टराई (रहर)
९.रुपक अधिकारी (उ त्यहीँ मुल्कोमै थियो मेरो घर )
१०.सुशिला निनाम (सूत्रहरूको खोजी)
११. सुवास संगम राई (माटोको उच्चाई)
१२.शुभचन्द्र राई(बाटो)
अमेरिका
१.अग्नि पराजुली (चिताहरु कहिले उठ्लान?)
२.कोमलप्रसाद भट्ट (माधुर्यका माधव)
३. नारायण अधिकारी (आरुका बोटमा अक्षरका फूलहरू)
४. केशवराज ज्ञवाली (नुनको भूगोल)
५. पद्मा लिंखा मगर (नारी)
६. प्रकाश पाण्डे (श्रद्धा माधवमा)
७. रश्मी भट्ट (जीवन्त छौ हे कवि)
८. शिखर दुलाल (पन्नाहरू)
जापान
१. आनन्द अधिकारी (समय अवधि)
२. के:बी पारखी (फर्केर आउनेछु प्रिय)
३. मञ्जुल मितेरी-(सुदूर सीमारेखाबाट)
४. रविन शर्मा (लडाईमा लाहुरेको गीत)
५. विन्दा पराजुली बराल (नयनमा देशको मानचित्र)
६. सविना रेग्मी (विभेदको जड)
७. शरद पोखरेल (एउटा चराको सूसाइड नोट)
कोरिया
१. डिआर न्यौपाने सूर्य (परदेश हुनु)
२. निर्दोष शिव (मातृभूमि यादमा )
अष्ट्रेलिया
१. केशव शर्मा (नलेखिएको कविता)
अफ्रिका
१. गणेश खड्का (आप्रवासी आर्तनाद)-
बेल्जियम
१।दीपेन्द्र के.सी (आत्माघाती उडानविरुद्ध !!)
क्यानाडा
१. युवराज भट्टराई (भावनाको सिमाना)
पोर्चुगल
१. स्पन्दन विनोद (राष्ट्रकविप्रति भावाञ्जली)
स्पेन
१.शारदा पौडेल ” निशा” (फूल अनि वेश्या)

०००

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *