२५ भदौ २०८१, काठमाडौं
हरेक वर्ष पहिचान पुरस्कार कोषले प्रदान गर्ने “पहिचान पुरस्कार” का लागि ८ पुस्तकको सूचि एक विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । कोषका संस्थापक नरेश काङमाङ राई हस्ताक्षरित बिज्ञप्ति अनुसार गीलु रातोसको “सिलीदुङ”, विश्व कुईंकेलको “गोपिचा”, मिथोचको “आगोको पिदार”, राजु स्याङतानको “ओ पेङ्दोर्जे”, प्रवीण खालिङको “चिया गफ”, अभागी थेगुवाको “सपनाहरुको वही”, श्याम सामसोहाङ राईको “मुन्धुम ट्रेल” तथा निर्भिकजंग रायमाझीको “त्यसरी त कहिल्यै सोचिएन” सूचिमा समावेश छन् ।
विज्ञप्तिमा जनाइए अनुसार विसं २०८०।८१ तथा सन् २०२३।२४ मा प्रकाशित भई कोषमा दर्ता भएका पुस्तकहरू मध्येबाट यी ८ कृति छनौट भएका हुन् ।