नेपाल सरकारको अमेरिकासहित ११ देशबाट राजदूत फिर्ता गर्ने निर्णय

गीत मुख्य समाचार साभार रचना

विश्वपरिक्रमा डेस्क
२१ सेप्टेम्वर, वाशिंटन डिसी

नेपाल सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले राजनैतिक आधारमा नियुक्त गरेका सवै राजदूतहरुलाई फिर्ता वोलाउने निर्णय गरेको छ ।
यस सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्री परिषदको बैठकपछि सिंहदरवार परिसरमा ” राजनीतिक तवरवाट नियुक्त गरिएका सवै राजदूत” लाई फिर्ता बोलाउने निर्णय भएको वताए । । यसरी फिर्ता हुने राजदूतहरुमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा सहित भारतका नीलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, बेलायतका लोकदर्शन रेग्मी, कतारका नारद भारद्वाज, दक्षिण अफ्रिकाका निर्मल विश्वकर्मा, जापानकी प्रतिभा राणा, बंगलादेशका डा वंशीधर मिश्र, मलेशियाका उदयराज पाण्डे, स्पेनकी दावा फुटी शेर्पा र इजरायलकी अञ्जान शाक्य रहेका छन् ।
नेपालमा राजनैतिक स्थिरता नहुँदा सरकार फेरिइरहने र त्यसको प्रत्यक्ष प्रभाव राजदूत फिर्ता बोलाउने र समयमै ती फिर्ता बोलाइएका देशमा राजदूत नियुक्ति नहुनाले कुटनीतिक क्षेत्रमा प्रभाव पर्ने गरेको छ ।
अमेरिकामा लामो समयको अन्तरालपछि डा. शंकरप्रसाद शर्माले पहिलोपल्ट पूरा कार्यकाल विताएका थिए र निकै लोकप्रियता पनि हासिल गरेका थिए । त्यसपछि डा.अर्जुन कार्कीले एक कार्यकाल सकेपछि पनि झण्डै थप २ वर्ष अर्को व्यवस्था नहुन्जेलका लागि राजदूत पदमै रहन पाएका थिए ।
स्मरणीय छ वर्तमान राजदूत डा. युवराज खतिवडा आफ्नो पद सम्हाल्न यसै वर्षको शुरुमा ६ फरवरी २०२१ का दिन अमेरिका आइपुगेका थिए ।

(फोटोः नेपाली दूतावासको वेवसाइटबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *