काठमाडौंमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

मुख्य समाचार साहित्यिक सूचना

२८ भदौ २०८१, काठमाडौं

नेपाल बालसाहित्य समाज, नेपाल प्रज्ञा-प्रतिष्ठान र रूम टु रीडको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ।
आगामी असोजको ४ र ५ गते नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुने सो सम्मेलनमा नेपालसहित ११ देशका ३१ विदेशी सहभागीका साथै नेपालका बालसाहित्य स्रष्टा, चित्राङ्कनकर्ता, पुस्तकालयविद्, प्रकाशक, शिक्षक, बालबालिकासम्बद्ध विभिन्न संस्थाका प्रतिनिधिसहित १५० भन्दा बढीको सहभागिता हुनेछ ।
सो सम्मेलनमा देशहरूमा भारत, चीन, बाङ्लादेश, श्रीलंका, भूटान, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्यान्ड र डेनमार्क सहभागी हुनेछन् ।
सम्मेलनमा विभिन्न देशबाट “कन्ट्री पेपर” का साथै अन्य विषयगत पत्रहरू प्रस्तुत हुनेछन् । साथै विदेशी बालसाहित्य स्रष्टाहरुबाट बालबालिकाका लागि कथा वाचन गरिनुका साथै बालबालिकाका चित्रकलाको प्रदर्शनी गरिने कार्यक्रम रहेको छ । सम्मेलन अन्तर्गत नेपालबाट प्रकाशित बालसाहित्यका प्रतिनिधिमूलक पुस्तकको प्रदर्शनी गर्ने कार्यक्रम पनि रहेको छ । कार्यक्रमलाई काठमाडौं महानगरपालिका, थाङ फाउन्डेसन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पहिलो पाइला (अमेरिका) लगायत विभिन्न सङ्घ संस्थाले सहयोग गरेका छन् ।
औपचारिक कार्यक्रमको समापनपछि असोज ६ गते विदेशी अतिथिहरूलाई काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराउने कार्यक्रम समेत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *