म आफूलाई खोज्न तिमिभित्र हराउँछु (कविता)

कविता

 

पातलो अन्तरे

म आफू भित्र हराएर हेर्छु
तर तिमीलाई कतै भेटाउँदिन
जब
म तिमिभित्र हराउँछु
आफूलाई त्यहीँ भेटाउँछु
त्यसैले त
मेरो मुटु कहिल्यै पोलेन
मन दुखेन
यादमात्र आईरह्यो
तर
तिम्रो भने मैले मुटु खाईसकेछु
मनमा डेरा जमाईसकेँछु
यादमा बिलाइसकेछु

अब तिमीले नै सोच्नु
तिमीले तिमीबाट मलाई फालेको दिन म कहाँ हुन्छु ?
तिमीले मनबाट मलाई ओरालेको दिन म कहाँ पुग्छु ?
अनि
मुटुबाट मलाई खसालेको दिन म कहाँ बिलाउँछु ?

000

कवि परिचयः कवि पातलो अन्तरे लीलाधर अधिकारीको साहित्यिक नाम हो । उनी  दागाना, भूटानमा जन्मेका हुन् र हाल पेन्सिलभेनिया अमेरिकामा बसोवास गर्छन् । उनका दुई गजल सङ्ग्रह “अन्तरे”(२०१३) र “अक्षर”(२०१८) तथा एक कविता सङ्ग्रह “अनुहारभित्रको ऐना” (२०२१) प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *