समय, रङ्ग र मान्छे

कविता

सामना पहाड

समय समयका रङ्ग
समय समयका उत्सव
समय रङ्गिरहन्छ
कहिले रङ्गिन बनेर
कहिले रङ्गहिन बनेर ।

तैपनि मान्छे तम्सिरहन्छ
समयलाई नै रङ्याउन
विचार र संवेदनाको रङ्ग बाेकेर
आग्रह र पुर्वाग्रहको रङ्ग पाेतेर
प्रयास र दुषणको रङ्गीन खाेल ओडेर

आखिर किन ?
उद्त छ मान्छे
समय र प्रकृतिको प्रवेगलाई
आफ्नै अनुकूल
रङ्गाउन, खुइल्याउन र दौडाउन

अन्ततः
विवश छ मान्छे
जीवनलाई
समयकै रङ्गमा देख्न
समयकै स्वादमा भाेग्न

समय समयका
अनुकूल र प्रतिकूल
सबै सबै रङ्गहरुसँग
समायोजन हुन
अन्तरघुलन हुन
र समयमै शरणागत हुन ।

०००

कवि परिचयः सामना पहाड सुमन सिलवालको साहित्यिक नाम हो । बिहादी गाँउपालिका पर्वत जिल्लामा जन्मेकी उनी हाल भक्तपुरमा वसोवास गर्छिन् । उनको प्रथम प्रकाशित रचना “नारीको पिडा ” विसं २०५८ मा चितवन पोष्ट दैनिकमा प्रकाशित भएको थियो । उनको “पर्खालभित्रको घाम”(२०७२) कविता सङ्ग्रह प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *