१३ पुस २०८०, काठमाडौं
नेपाल स्रष्टा समाज नेपाली साहित्यका साथै नेपालका राष्ट्रिय भाषा साहित्यका सिर्जना, सम्बद्र्धन तथा विकासमा योगदान पुर्यायाउने उद्धेश्यले वि.सं.२०६४ पुस १६ गते स्थापना भएको थियो । २७७ जना स्रष्टाहरु आजीवन सदस्य भएको यस समाजको प्रादेशिक तहमा पनि विस्तार भएको छ । आफ्नो १७ औँ स्थापना दिवसलाई यस बर्ष सप्ताहव्यापी रुपमा पुस १३ देखि १९ सम्म मनाउन लागेको छ ।
कार्यक्रम अनुसार मिति २०८० पुस १३ गते पाटन सङ्ग्रहालय कक्ष, मङ्गलबजारमा कार्यक्रमको उद्घाटन,विमोचन तथा पर्या कविगोष्ठी हुनेछ जसको प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराई हुनेछन् ।
दोश्रो दिन २०८० पुस १४ गते अवरनेश् इन्टर्नेशनल एकेडेमी सभाकक्ष, बानेश्वर शङ्खमुलमा युवाकवि देबु लुइँटेललाई २०८० को प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान समारोह हुनेछ जसको प्रमुख अतिथि वरिष्ठ कवि मञ्जुल हुनेछन् ।
तेश्रो दिन २०८० पुस १५ गते निबन्ध गोष्ठी हुनेछ र प्रमुख अतिथि प्रा.डा.माधव पोखरेल हुनेछन् ।
चौथो दिन २०८० पुस १६ गते १७औँ वार्षिक सभा तथा वि.सं.२०८० को सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि गोविन्दराज विनोदीलाई अर्पण समारोह नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ र प्रमुख अतिथि प्रा.डा.अभि सुवेदी हुनेछन् ।
पाँचौं दिन २०८० पुस १७ गते साहित्यिक पत्रिकामा भाषिक एकताका लागि गोष्ठी प्रेस काउन्सिल नेपालको सभाकक्षमा हुनेछ र प्रमुख अतिथि बालकृष्ण बस्नेत ुनेछन् ।
छैठौं दिन २०८० पुस १८ गते स्रष्टासँग विद्यार्थी, अन्तर्कृया कार्यक्रम अरुणीमा उच्च मा.वि, बौद्धमा हुनेछ ।
र सातौं तथा अन्तिम दिन २०८० पुस १९ गते साप्ताहिक कार्यक्रको समीक्षासहित समापन समारोह आयोजना गरिनेछ र प्रमुख अतिथि नगेन्द्रराज शर्मा हुनेछन् ।
उक्त कुरा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
Who will be the participants?
Thank you Vishwaparikrama for the news of NCWS. – Harit/NCWS