१२ पुस २०८०, काठमाडौं
नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा गत बैशाखदेखि त्रैमासिक रूपमा विचारगोष्ठी हुँदै आइरहेकोमा निम्न स्थान र समयमा “बालसाहित्यको वैश्विक गति : परिवर्तन र प्रगति” विषयमा हुने विचार गोष्ठी हुने भएको छ । यस गोष्ठीमा सहभागी हुन समाजका सबै आजीवन सदस्यज्यूहरू, बालसाहित्यकारज्यूहरू, बालसाहित्य पढाउनु हुने शिक्षक एवम् प्राध्यापकज्यूहरू, बालसाहित्यमा रुचि राख्नुहुने महानुभावज्यूहरू लगायत सबैलाई हार्दिक आमन्त्रण गरिएको छ । सो गोष्ठीमा विषयगत अवधारणापत्र युवा समालोचक महेश पौड्यालले प्रस्तुत गर्नेछन् ।
स्थान : देवकोटा सभाकक्ष, नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी
मिति : पुस १९, २०८०/बिहीबार
समय : ०१:३० बजे