सुदीश निरौला स्मृति पुरस्कारको घोषणा

मुख्य समाचार

२१ पुस २०८०, विराटनगर

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा प्रदान गरिंदै आएको सुदीश निरौला मेमोरियल ट्रष्टबाट स्थापित रु १५ हजार राशीको “सुदीश निरौला स्मृति साहित्य पुरस्कार” विसं २०७९ का लागि कवि शकुन्तला जोशीलाई प्रदान गरिने भएको छ । नेपाली साहित्यको कविता विधामा अढाई दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि कवि जोशीलाई उक्त पुरस्कार दिइने भएको प्रतिष्ठानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
नेपाली साहित्यको कविता विधामा अढाई दशकभन्दा बढी समयदेखि दिएका योगदानका लागि कवि जोशीलाई उक्त पुरस्कार दिइने निर्णय गरिएको हो ।
कवि सुदीश निरौलाका माता पिता गोविन्द निरौला र टेकमाया निरौलाद्वारा स्थापित यस पुरस्कारबाट यसअघि साहित्यकार महेश पौड्याल, सोझो गाउँले र मिलन समीर पुरस्कृत भैसकेका छ्न् ।
प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षता पौष २० गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *