तीन दिने बिपी साहित्य महोत्सव हुँदै

मुख्य समाचार

२० भदौ २०८०, काठमाडौं

नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वपरिक्रमा हस्ताक्षरित विज्ञप्ति अनुसार यही भदौ २४, २५ र २६ गते त्रिदिवसीय “बिपी साहित्य महोत्सव” को आयोजना गरिने भएको छ ।

नेपाली काँग्रेस केन्द्रिय कातर्य समितिको २०८० साउन २ देखि १९ सम्म भएको बैठकले सो निर्णय गरेको हो । यो महोत्सव नेपाली काँग्रेसमा आस्था राख्ने नेपाली लेखक संघको संयोजनमा सम्पन्न हुनेछ ।

प्रेस विज्ञप्तिमा जनाइए अनुसार १२ सत्रहरु हुनेछन्  । ती सत्रहरु मनोविष्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सवाल्टर्न, नेपालको मातृभाषा  साहित्य, बिपीका आख्यानमा नारी, बिपीका दृष्टिमा बिपी, बिपिले नपाएका १५ बर्ष, अन्तरेराष्ट्रिय राजनीति र कुटनीतिमा बिपी, समावेसिता, सामाजिक रुपान्तरण र बिपी, युवा स्रष्टामा बिप तथा परिवारले बुझेका बिपी रहेका छन् ।

साथै कविता साँझ गजल साँझ र साँगीतिक साँझ समेत हुनेछन् । त्यसैगरी चित्रकला प्रदर्शनी, बृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीको समेत आयोजना हुनेछ ।

Leave a Reply