३१ जुलाई २०२४, वाशिंटन डिसी
मध्य अमेरिकी राज्य केण्टकीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासको नयाँ च्याप्टर स्थापना भै कार्य समितीको गठन भएको छ ।
अनेसास केन्द्रले जनाए अनुसार च्याप्टरका अध्यक्षमा बद्री दाहाल, उपध्यक्षमा रेखा जोशी, सचिवमा जीवन निरौला, सह-सचिवमा खेम रेग्मी, कोषाध्यक्षमा जमुना खरेल पौड्याल तथा कार्य समितीका सदस्यहरुमा किशोर सुवेदी, दधिराम खतिवडा, चन्द्र अधिकारी तथा चम्पा गौतम रहेका छन् ।
स्मरणीय छ, सन् १९९० मा वाशिंटन डिसीमा स्थापना भएको अनेसासको अमेरिकाको बिभिन्न राज्यहरुका र नेपाल लगायत बिभिन्न मुलुकहरुमा च्याप्टरहरु गठन गरिएका छन् र नयाँनयाँ च्याप्टरहरु गठन गर्ने प्रकृया निरन्तर रहेको छ ।