२७ साउन २०८०, काठमाडौं।
मैथिलिभाषाका महाकवि विद्यापतिकृत कथाहरुको धीरेन्द्र प्रेमर्षीद्वारा नेपालीमा अनुदित पुस्तक ‘पुरुष परीक्षा” प्रमुख अतिथि पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओलीले काठमाडौंमा एक समारोहमा विमोचन गरे ।
पाठशाला नेपालको प्रेक्षालयमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओली, विशेष अतिथिहरु नेपाली कांग्रेसका महामन्त्री माननीय सभासद् विश्वप्रकाश शर्मा, डा. रामावतार यादव, डा.विमल कोइराला, राजेश्वर कार्की, अनुवादक धीरेन्द्र प्रेमर्षि, महेश पौडेल, मोमिला जोशी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजना तथा सिस्नुपानी नेपाल र पाठशाला नेपालको संयोजनमा भएको थियो ।
कार्यक्रमको सञ्चालन टीकाराम यात्रीले गरेका थिए ।