९ साउ २०८० काठमाडौं ।
साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको समापन विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
कार्यक्रममा १३ विशिष्ट साधकहरूको अभिनन्दन, साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान तथा विविध पुरस्कार समर्पण गरेर समापन कार्यक्रमको बिट मारियो ।
बिसं २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले स्वर्ण महोत्सवको उपलक्षमा गत वर्षदेखि नै विविध कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।
समापन समारोहमा सापस स्वर्ण महोत्सव सम्मानबाट घनश्याम राजकर्णिकार, के.के.कर्माचार्य, गणेश रसिक, डा. सुरेन्द्र के. सी., रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डा. डी. आर. उपाध्याय अभिनन्दित भए । घोषणा गरिए अनुरुप अनुपस्थित मोहन सिटौला (अमेरिका), नरबहादुर दाहाल (भारत),द्वारिका श्रेष्ठलाई पछि समर्पण गरिने भएको छ ।
कार्यक्रममा गणेश रसिकलाई नेपाल -भारत साहित्य महोत्सवमा प्रदान गरिएको सम्मानपत्र समर्पण गरिएको थियो ।
“सापस स्वर्ण महोत्सव सम्मान”बाट संघका पूर्व अध्यक्षहरु नगेन्द्रराज शर्मा, अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ सम्मानित भए भने उपस्थित नभएका हेमन्त श्रेष्ठलाई पछि समर्पण गरिने भएको छ ।
सोही समारोहमा पूर्व अध्यक्ष नगेन्द्रराज शर्मालाई पूर्वघोषित तर समर्पण गर्न बाँकी रहेको नगद दस हजारसहितको “साहित्यिक पत्रकारिता पुरस्कार” २०६३ समर्पण गरिएको थियो ।
“सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान”बाट समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठी तथा “सापस स्वर्ण महोत्सव समीक्षा सम्मान”बाट समीक्षक ज्ञानु अधिकारी र समीक्षक छविरमण सिलवाल सम्मानित भए ।
कार्यक्रममा विसं २०७४ देखि २०७९ सालसम्मको “व्यथित काव्य सम्मान” समेत समर्पण गरियो । यस सम्मानबाट कविहरु उदय निरौला (२०७४), रमेश श्रेष्ठ (२०७६), मोमिला जोशी (२०७८) सम्मानित भए । श्रवण मुकारुङ (२०७५),कृसु क्षेत्री (२०७७) र गीता कार्की (२०७९) उपस्थित नभएकाले पछि समर्पण गरिने बताइयो ।
“व्यथित काव्य डायस्पोरा सम्मानबाट “हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित गरिने बताइयो । सबै विदेशमा रहेकाले ती सम्मान यथा समय समर्पण गरिनेछ ।
स्वर्ण महोत्सवका अवसरमा विभिन्न साहित्यिक पत्रकारहरुलाई प्रशंसा-पत्र प्रदान गरियो । यस सम्मानबाट किशोर पहाडी, श्रीराम राई, ठाकुर बेलबासे, उमेश पाण्डे, भूपराज खड्का, राजेश खनाल, सरस्वती गौतम, रमेश दाहाल, बलराम थापा र रुद्र अधिकारी सम्मानित भए । कार्यक्रममा उपस्थित हुन नसकेका कृष्ण भूषाल, सुमन बैरागी पण्डित, प्रेमिला गौचन, अमेरिका, विश्वराज थापा, अमेरिका, राजन कार्की, रत्नप्रसाद अनामी, निबन्ध आचार्य, नरनाथ लुइँटेल तथा सागर श्रेष्ठलाई पछि हस्तान्तरण गरिने बताइयो ।
त्यस अवसरमा तीन दर्जन साहित्यकारहरुलाई संघको स्वर्ण महोत्सव मायाको चिनो प्रदान गरिएको थियो ।
सो कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले संघको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गरे । प्रमुख अतिथि वरिष्ठ चलचित्र निर्देशक एवम् साहित्यकार यादव खरेलले विभिन्न क्षेत्रका साधकहरूलाई अभिनन्दन र सम्मान गरेर साहित्यिक पत्रकार सङ्घले महत्त्वपूर्ण कार्य गरेको बताए । अभिनन्दित व्यक्तित्व प्राडा सुरेन्द्र केसीले बहुदलीय व्यवस्था भनेको हाम्रोलाई नभै राम्रोलाई ठाउँ दिने व्यवस्था भए पनि हामीकहाँ भने ठीक उल्टो प्रवृत्ति देखिएकोमा असन्तुष्टि व्यक्त गरे । सङ्घका पूर्व सभापति विश्वविमोहन श्रेष्ठले अत्यन्त कठिन समयमा स्थापना भएको सङ्घको इतिहास सबैलाई थाहा भएको बताए । सम्मानित स्रष्टा प्रमोद प्रधानले पत्रकार सङ्घले कवितायात्रा, आत्मवाचन कार्यक्रम, अभिनन्दन र सम्मान लगायतका थुप्रै सिर्जनात्मक कार्यहरू गरेको बताए । व्यथित काव्य पुरस्कारबाट पुरस्कृत कवि रमेश श्रेष्ठले पुरस्कारबाट आफूले लेखनका लागि थप ऊर्जा पाएको उल्लेख गरे । अभिनन्दित वरिष्ठ सर्जक प्रदीप बमजनले गीत गाएर कार्यक्रममा रौनक थपेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष नगेन्द्रराज शर्मा,रमा शर्मालगायतले पनि मन्तब्य राखेका थिए ।
सभापतिको आसनबाट संघका अध्यक्ष राधेश्याम लेकालीले आफ्नो मन्तब्यका क्रममा संघको पचास बर्षको योगदानका बारे बोल्दै साहित्यिक पत्रकारिताको उन्न्यन विकासका लागि सरकारले छुट्टै निकायको व्यवस्था गर्नुपर्ने र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको लागि विभिन्न दूतावासहरुमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रम श्रीबाबु कार्कीले संचालन गरेका थिए ।