२२ साउन २०८०, काठमाडौं
नवप्रज्ञापन साहित्यिक पत्रिकाको १००औं अङ्क प्रकाशनको अवसरमा एक कार्य्यक्रमको आयोजना गरी बिमोचन गरियो । विशिष्ट अतिथि साहित्यकार तथा सभासद रघुजी पन्त,प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे तथा मञ्चासिन अतिथि साहित्यकारहरू मोहन दुवाल,हिरण्यकुमारी पाठक तथा वियोगी बुढाथोकी तथा सम्पादक नवराज रिजालले संयुक्त रुपमा विमोचन गरेका थिए ।
कार्यक्रको शुरुमा स्वागत मन्तव्य डा.शैलेन्दु प्रकाश नेपालले गरेका थिए । समारोहलाई अतिथिहरू रघुजी पन्त,रोचक घिमिरे,मोहन दुवाल र हिरण्यकुमारी पाठकले शुभकामना मन्तव्य दिएका थिए।
१०० बढी लेखका रचनाहरु समाविष्ट शताङ्कमा ५८० पृष्ठ रहेको छ।
कार्यक्रमको सञ्चालन यशु श्रेष्ठले गरेका थिए भने कार्यक्रम छोटो र मीठो रहको थियो।
(सुभाषचन्द्र पौडेल काठमाडौंको सहयोगमा)