२६ पुस, २०८०, काठमाडौं
वानीरा फाउन्डेसनको आयोजनामा एक कार्यक्रमवीच नरेन्द्रराज प्रसाईद्वारा लिखित तथा अणुराज जोशीबाट अङ्ग्रेजी भाषामा अनुदित ‘प्रेमा शाह’ नामक जीवनीकृति, डा. ध्रुव शर्मा मुडभरीको आत्मकथा ‘लुकेको वृतान्त’,नारायणप्रसाद मिश्रबाट रचित कवितासङ्ग्रह ‘विरह’ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘भारतीय नेपाली प्राज्ञ राजनारायण प्रधान’ नामक जीवनीकृति विमोचन भएको छ ।
वानीरा फाउन्डेसन संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीलगायत मञ्चमा रहेका ७ जनाले एक साथ सो कृति विमोचन गरेका हुन् ।
विमोचनपश्चात् अनुवादक अणुराज जोशी तथा डा.अनिष मुडभरीले लोकार्पित कृतिहरुबारे मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको शुरुमा डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएको थियो ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरु र संस्थाको प्रगतिबारे मन्तव्य प्रकट गरेका थिए ।