५ साउन २०८०, काठमाडौं
नियात्रा समाज नेपालले अघिल्ला २ वर्षदेखि समर्पण गर्दै आएको गर्दै आएको “पवन आलोक नियात्रा पुरस्कार” २०७९ का लागि कृतिहरु दर्ता गर्न सूचना जारी गरेको छ ।
समाजको सूचना अनुसार विसं २०७९ सालभित्र प्रकाशित नियात्रा कृतिहरु २०८० भाद्र मसान्तसम्म पुरस्कारका लागि नियात्रा समाज नेपालमा ४ प्रति कृति बुझाउनु पर्ने नियम छ ।
२ वर्षअघि स्थापित यो पुरस्कार पहिलो बर्ष बिसं २०७७ सालमा भीष्म उप्रेतीलाई “हिमाल, शेर्पा र यति” तथा बिसं २०७८ मा दामोदर पुडासैनी किशोरलाई “गृष्मको नीलो वतास” प्रदान गरिएको थियो ।