महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७९ पाँच स्रष्टालाई घोषणा

मुख्य समाचार

२० असार २०८०, काठमाडौं,

महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७९ मन्त्री स्तरिय निर्णयानुसार आव २०७९।८० को लागि पाँच स्रष्टाहरुलाई प्रदान गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव केसी हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइए अनुसार कविता।काव्यतर्फ झापाकी भवानी क्षेत्री, निवन्ध।समालोचनातर्फ काठमाडौंका पुरुषोत्तम सुवेदी, गद्य आख्यान।नाटक तर्फ काठमाडौंकै कुमार भट्टराई(शार्दूल भट्टराई) वाल साहित्य।लोक साहित्य तर्फ चितवनका किसान विक (किसानप्रेमी) र भाषा साहित्यमा जनकपुरका अरविन्द कुमार लाल (रोशन जनकपुरी) पुरस्कृत हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *