‘रमाइला नानी बालसाहित्य पुरस्कार-८०” रामबाबु सुवेदीलाई समर्पण

मुख्य समाचार

२३ असार २०८०, काठमाडौं

भाषासेवी कृष्णप्रसाद पराजुलीको ८९औँ जन्मजयन्तीको अवसरमा कृष्ण साहित्य सदनले काठमाडौंमा एक समारोहको आयोजना गरी बालसाहित्यमा सक्रिय साहित्यकार रामबाबु सुवेदीलाई ‘रमाइला नानी बालसाहित्य पुरस्कार-८०” गर्यो । पुरस्कारमा रु ११ हजार राशी रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि लेखक तथा वातावरणविद् डा.तीर्थबहादुर श्रेष्ठले सो पुरस्कार समर्पण गरे । सोही अवसरमा साहित्यकार पराजुलीको महाकाव्य ‘मनमाया’माथि शोध गरी स्नातकोत्तरमा उत्कृष्टता हासिल गर्ने छात्र डिल्ली नेपाललाई समेत सम्मान गरियो ।

समारोहलाई सम्बोधन गर्दै डा.श्रेष्ठले साहित्यकार कृष्णप्रसाद पराजुलीको सिर्जनात्मक अवशेष अहिले पनि नेपालीमाझ रहेको बताए ।

सम्मानित व्यक्तित्व कवि रामबाबु सुवेदीले साहित्यकार पराजुलीसँगको संगतले नै आफू बालसाहित्यमा कलम चलाउन अग्रसर भएको बताए ।

सो समारोहमा प्रा.डा.ध्रुवकुमार घिमिरे,प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.कपिल लामिछाने, शाश्वत पराजुली, शाम्भवी पौडेल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

 

1 thought on “‘रमाइला नानी बालसाहित्य पुरस्कार-८०” रामबाबु सुवेदीलाई समर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *