“लक्ष्मीप्रसाद देवकोटाका महाकाव्यमा मानवतावाद” विषयमा रमेश शुभेच्छुलाई विद्यावारिधि

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
१८ सेप्टेम्वर, वाशींटन डिसी

नेपाली साहित्यका विलक्षण प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा अनेकन अध्ययन अनुसन्धान भएका छन् । कुमारवहादुर जोशी, महादेव अवस्थी, कृष्णराज अधिकारी, शालिकराम पौडेल, रामनाथ ओझा लगायतको सूचिमा अव रमेश शुभेच्छु पनि त्यो सूचिमा थपिएका छन् । उनले “लक्ष्मीप्रसाद देवकोटाका महाकाव्यमा मानवतावाद” विषयमा विद्यावारिधि गरेका हुन् ।
सिर्जनात्मक, समालोचना र पाठ्यपुस्तक सहित ३ दर्जन कृतिका स्रष्टा सुभेच्छु लामो समयदेखि नै देवकोटामाथि केन्द्रित हुँदै आएका थिए । उनले एमएमा देवकोटा माथि नै विशेष अध्ययन गरेका थिए र त्रिविविमा देवकोटाको सालीक निर्माण समितिमा रहेर देवकोटाको सालीक निर्माणमा सकृय योगदान गरेका थिए । उनले एम फिलमा “आधुनिक नेपाली महाकाव्यको प्रवर्तनमा देवकोटाको योगदान” विषयमा शोधकार्य गरेका थिए।
उनले विद्यावारिधि प्राडा महादेव अवस्थीको निर्देशन तथा ताराकान्त पाण्डेको सहनिर्देशनमा यही भाद्र १ गते सम्पन्न गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *