युएसएइडीका मिसन निर्देशकको ४ दिने दोलखा भ्रमण सम्पन्न

साभार रचना

विश्वपरिक्रमा डेस्क
२२ सेप्टेम्वर, वाशिंटन डिसी

युएसएइडीका मिसन निर्देशक युएसएइडीकी मिशन निर्देशक सेपिडे केभान्सडले हालै आफ्नो ४ दिने दोलखा जिल्ला अवलोकन भ्रमण सम्पन्न गरिन् । भ्रमणको क्रममा उनले स्थानीय सामुदायिक नेतृत्वकर्ताहरू, सरकारी निकायका प्रतिनीधीहरू तथा स्वास्थ्यकर्मीहरू लगायतसँग भेटघाट तथा अन्तर्कृया गरिन्। सो जिल्लामा युएसएआइडी नेपालका बलियो घर, तयार नेपाल, सुआहारा २ लगायत परियोजनाहरू कृयाशील रहेका छन् । यी परियोजनाहरूले समुदायहरूलाई अझै उत्तम पुनर्निर्माण गर्न मात्रै होइन महिला अनि बालबालिकाको स्वास्थ्य र पोषण सुधारमा पनि महत्वपूर्ण सहयोग पुर्याउँदै आएका छन् ।
नेपालस्थित अमेरिकी राजदूतावासको वेवसाइटमा जनाइएको छ ।
(फोटोः अमेरिकी दूतावासको फेसबुक पेजबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *