नेपाल-भारत साहित्य दोस्रो महोत्सव काठमाडौंमा हुने

Uncategorized

विश्वपरिक्रमा डेस्क
२१ सेप्टेमवर, वाशिंटन डिसी

नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव २०२२ काठमाडौंमा हुनेभएको छ । यस सम्बन्धमा महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आज काठमाडौंमा भएको छलफलमा उक्त निर्णय भएको हो । सो वैठकमा मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डित समेत सहभागी थिए । सो छलफलमा परिस्थिति अनुकूल भएमा आगामी २६ देखि २८ फरवरीसम्म ३ दिन सन् २०२२ मा आयोजन गरिने छ ।

नेपाल भारत बीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यले सुरु भएको यो यात्रा पहिलोपटक वीरगन्जमा भएको थियो । महोत्सवको रूपमा हुने सो कार्यक्रमअन्तर्गत पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसंग साक्षात्कार, लघुकथा वाचन, अनुवाद सत्र, साँस्कृतिक कार्यक्रम, कवि सम्मेलन, स्मारिका प्रकाशन, सम्मान समारोह लगायत हुनेछन् ।

सम्मेलनमा भारतबाट १५० जना साहित्यकारहरूको सहभागिता हुने अपेक्षा छ । साथै नेपालबाट सातै प्रदेशका साहित्यकारको प्रतिनिधित्व हुनेछ । छलफलमा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, साहित्यकार राधेश्याम लेकाली, कलाकार एवम् साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, कवि एवम् समालोचक प्रमोद प्रधान, सङ्गीतकार बुलु मुकारुङ, कवि मुरारी सिग्देल, सर्जक अस्मिता सुमार्गी, साहित्यकारहरु कमला ओली थापा, मन्जिला अनिल र पारु तिमिल्सिनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *