पारिजात स्मृति केन्द्रको अध्यक्षमा ईन्दिरा दली

मुख्य समाचार

१ भदौ २०८१, काठमाडौं

पारिजात स्मृति केन्द्रको ३१ औं वार्षिक साधारण सभाले इन्दिरा दलीको अध्यक्षतामा नयाँ कार्य समितिको गठन गरेको छ ।
प्राप्त समाचार अनुसार उपाध्यक्षमा सीता शर्मा, महासचिवमा दिलसुन्दर श्रेष्ठ, कोषाध्यक्षमा डा. बिन्दु शर्मा र सदस्यहरूमा डा. महेश मास्के, अमृता शर्मा, केशव सिलवाल, राजेन्द्र महर्जन र मातृका पोखरेल रहेका छन् ।
स्मृति केन्द्रका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको संयोजकत्वमा नारायणभक्त श्रेष्ठ ( रायन ) र डा. राजेन्द्रप्रसाद अधिकारी सदस्य रहेको निर्वाचन कमिटिले सो निर्वाचनको प्रकृया पूरा गरेको थियो र निर्वाचन सर्वसम्मत सम्पन्न भएको थियो ।
सो साधारण सभामा पूर्व अध्यक्षहरु डा. महेश मास्के, डा. राजेन्द्रप्रसाद अधिकारी, रायन (नारायणभक्त श्रेष्ठ) तथा मातृका पोखरेल उपस्थित रहनुका साथै शुभकामना मन्तब्य दिएका थिए ।

Leave a Reply