विश्वपरिक्रमा डेस्क
२७ अगस्त, वाशिंटन डिसी
वासुदेव विद्यादेव लुइँटेल गुठीले प्रत्येक वर्ष प्रदान गर्ने वासुदेव लुइँटेल पुरस्कार मिति २०७८ भदौ ११ गते एक कार्यक्रमबीच काठमाडौंमा गुठीका पदाधिकारीहरू सम्मिलित संक्षिप्त समारोह बीचप्रदान गरिएको छ । वर्षेनी दिइने यो पुरस्कार कोरोना महामारीका कारण २०७६ सालको हास्य व्यङ्ग्य चित्र तर्फको पुरस्कार वरिष्ठ कलाकार श्री शशि शाहलाई दिइने घोषणा भए पनि वितरण भएको थिएन । सो समेत विसं २०७७ सालको हास्य व्यङ्ग्य अभिनय तर्फको पुरस्कार हास्य अभिनेता श्री किरण के.सी (रातामकै) सहितलाई वितरण गरिएको थियो ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार श्री रोचक घिमिरेले ती पुरस्कारहरु अर्पण गर्नुभएको थियो । प्रत्येक पुरस्कारमा रकम १,११,१११/- , प्रतिक चिन्ह र प्रमाणपत्र रहेको छ ।
विसं २०५१ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपल्ट हास्यव्यङ्ग्य चित्रकार वलराम थापालाई प्रदान गरिएको थियो । यो पुरस्कार हालसम्म गोपालराज मैनाली, वात्स्यायन(दुर्गा वराल), केशवराज पिंडाली, राजपाल थापा, श्रीधर खनाल, खोकना(मोहनश्याम महर्जन), टेकवीर मुखिया, महजोडी, मोहनराज शर्मा, रविन सायमी लगायतलाई प्रदान गरिसकिएको छ ।
कार्यक्रममा वासुदेव विद्यादेव लुइँटेल गुठीकी अध्यक्ष एवं वासुदेव लुइँटेल सुपुत्री डा.सुषमा आचार्यद्वारा लिखित उपन्यास “कसले सुन्छ मेरो आवाज !” र त्यसैको अङ्ग्रेजी अनुवाद “Who Will Hear My Voice” पनि प्रमुख अतिथि र स्रष्टाहरूद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो ।
(फोटो सौजन्य: प्रतीक घिमिरेको फेसवुकवाट)
पुरस्कृत व्यक्तित्व सबैलाई हार्दिक बधाई तथा कसले सुन्छ मेरो आवाज उपन्यास विमोचन भएकोमा लेखक डा. सुषमा आचार्यलाई हार्दिक बधाई