विश्वपरिक्रमा डेस्क
४ अगस्त, वाशिंटन डिसी
वासुदेव विद्यादेव लुइँटेल गुठीका अध्यक्ष डा.सुषमा आचार्यको अध्यक्षतामा १५ साउन ०७८ मा बसेको कार्य समितिको बैठकले गुठीका पुरस्कारहरूको निर्णय गरेको छ । जस अनुसार २०७६ सालको हास्य व्यङ्ग्य चित्र तर्फको पुरस्कार वरिष्ठ कलाकार श्री शशि शाहलाई तथा २०७७ सालको हास्य व्यङ्ग्य अभिनय तर्फको पुरस्कार हास्य अभिनेता श्री किरण के.सी (रातामकै)लाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको रकम जनही १,११,१११/- रहेको छ ।
यी दुवै पुरस्कार आगामी भदौ महीना भित्रै अनुकूल समयमा प्रदान गरिने निर्णय गरिएको गुठीले जनाएको छ ।