विश्वपरिक्रमा डेस्क
२१ सेप्टेम्वर, वाशिंटन डिसी
एक डोजको खोप बनाउने जोन्सन एण्ड जोन्सनले २ डोजको खोप बनाएको छ र ९४ प्रतिशत प्रभावकारी भएको बताएको छ ।
साथै जोन्सन एण्ड जोन्सनले वुष्टर खोप पनि बनाएको छ, जसले रोग प्रतिरोधात्मक क्षमता अझ बढी हुने जनाएको छ ।
जोन्सन एण्ड जोन्सनका अनुसन्धान र विकास विश्व प्रमुख डा. माथाई मामेनले भनेका छन्, ” हाम्रो तेश्रो चरणको अध्ययनले खोप कोरोना सङ्क्रमण सम्वन्धित अस्पताल जानुपर्ने अवस्थाको बिरुध्द शक्तिशाली र दिर्घकालीन सुरक्षा दिने कुरा निश्चित भएको छ । हाम्रो एक डोजको खओपले रोग प्रतिरोधात्मक क्षमता र स्मृति दिर्घकालिन छ र वुष्टर खोप लगाउँदा कोभिड-१९ विरुध्द सुरक्षा शक्ति अझ बढी हुन्छ । ”
कम्पनीका अनुसार अमेरिकामा ३ लाख ९० हजार जनामा अध्ययन गर्दा डेल्टा भेरियण्टमा ८१ प्रतिशत प्रभावकारी भएको देखिएको थियो ।