विराटनगरमा चारजना स्रष्टा पुरस्कृत

मुख्य समाचार

१ मंसिर २०८१, विराटनगर

इन्द्र–मोहन स्मृति गुठी धनकुटाले घोषणा गरेको चार पुरस्कारहरू विराटनगरमा एक कार्यक्रमको आयोजना गरी समर्पण गरेको छ ।
कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङले पुरस्कृत प्रतिभाहरु गायिका कुन्ती मोक्तान, साहित्यकार एवं पत्रकार किशोर पहाडी, साहित्यकार रुद्र ज्ञवालीलाई जनही २५ हजार र प्रमाणपत्र तथा र कवि मञ्जुश्री गिरीलाई १५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरे ।
सो समारोहमा कवि गोकुल अधिकारी, मुरारि सिग्देल, राधिका गुरागाईं, कवि एवं पत्रकार मीन कुमार नवोदित, साहित्यकार हरि कट्टेल, लक्ष्मी रायमाझी र भावना श्रेष्ठले पुरस्कृत स्रष्टाहरूको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरेका थिए ।
समारोह गुठीका अध्यक्ष विवस पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
विसं २०६२ सालमा स्थापित गुठीले हरेक २ वर्षमा साहित्य, पत्रकारिता, गीत सङ्गीत लगायतका क्षेत्रमा योगदान पु-याउने प्रतिभाहरुलाई पुरस्कृत गर्दै आएको छ ।

०००

(फोटोः किशोर पहाडीको फेसबुकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *