विश्वपरिक्रमा डेस्क
२० सेपटेम्वर, वाशिंटन डिसी
नेपलिज एसोसिएसन अफ जर्जियाले वार्षिक रुपमा प्रदान गर्दै आएको वार्षिक छात्रवृत्तिका लागि यस वर्ष पनि आव्हान गरेको छ । छात्रवृत्तिको रकम २५० डलर रहेको छ भने यो छात्रवृ्त्ती एक छात्र तथा एक छात्रालाई प्रदान गरिन्छ ।
छात्रवृत्तीका लागि जर्जियाको युनिभर्सिटी सिस्टममा भर्ना भएको, पढाईमा निरन्तरता भएका बिद्यार्थीले आफ्नो विश्वविद्यालयवाट प्राज्ञिक प्रमाणपत्रको प्रतिलिपि तथा शिक्षण संस्थाको सिफारिस तथा ३०० शब्दको निवन्ध प्रस्तुत गर्नु पर्ने तथा प्राज्ञिक प्रमाणपत्रको ३० नम्बर, सिफारिसको २० नम्बर तथा निवन्धमा ५० नम्वर पूर्णाङ्क राखिएको छ ।
यी सवै कुरा ३० सेप्टेम्बरभित्र प्रस्तुत गरिसक्नु पर्ने नागका महासचिव विशाल रेग्मीद्वारा प्रेसित सूचनामा जनाइएको छ ।
छात्रबृत्ती विजेताहरुको नाम आगामि ३ अक्टोवरका दिन आयोजना गरिने नागको दशैं उत्सवका दिन गरिनेछ ।