कलिङ्ग साहित्य महोत्सवमा नेपाली साहित्यकारहरु सहभागी हुँदै

मुख्य समाचार

२३ माघ २०८०, काठमाडौं

भारतको उडिसा राज्यको भुवनेश्वरमा हुने कलिङ्ग साहित्य महोत्सवमा ६ जना नेपाली लेखक, साहित्यकारहरु सहभागी हुने भएका छन् ।
सहभागी हुनेहरुमा लेखक तथा संस्कृतिविद डा. बीणा पौड्याल, कूटनीतिज्ञ विश्व पराजुली, लेखिका कल्पना पराजुली, साहित्यकार रञ्जना निरौला, लेखक सुमित शर्मा समीर, लेखक तथा कलाकार सम्पदा मल्ल रहेका छन् ।
नेपाली लेखक तथा संस्कृतिविद डा. बीणा पौड्यालले प्रतिष्ठित कलिंगा अन्तर्राष्ट्रिय साहित्य पुरस्कार प्राप्त गर्ने कुरा पनि थाहा भएको छ ।
कलिङ्ग साहित्य महोत्सवको यो दशौं बर्ष हो ।
विगत १० वर्षदेखि भारतको भुवनेश्वरमा सञ्चालन हुँदै आएको कलिंग साहित्य महोत्सव विगत २ वर्षदेखि कलिंग साहित्य महोत्सव काठमाडौं संस्करणको रुपमा मनाईंदै आएको छ र महोत्सवको नेपाल संयोजक लेखिका तथा कवयित्री रञ्जना निरौला रहेकी छिन् । गत वर्ष भूवनेश्वरमा उनी “अनुभूतिको अवतरण” निवन्ध संग्रहका लागि बुक एवार्डबाट पुरस्कृत समेत भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *