प्रा.डा. वीणा पौड्याललाई लीलाध्वज थापा सम्मान तथा पुरस्कार प्रदान गरिने

मुख्य समाचार

०७ असोज २०८२, काठमाडौं

उपन्यासमा विधामा सर्वप्रथम मदनपुरस्कार प्राप्त गरेका यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापित लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा लीलाध्वज थापा स्रष्टा सम्मान तथा पुरस्कार नेपाली साहित्य र संस्कृतिको श्रीवृद्धिमा लामो समयदेखि उल्लेखनीय सेवा गर्दै आएकी प्रा .डा.वीणा पौड्याललाई प्रदान गरिने भएको छ।
उक्त सम्मान तथा रु. दश हजार राशीको नगद पुरस्कार यही २०८२ आश्विन ११ गते एक समारोहका बीच प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा जानकारीमा आएको छ ।
प्रा.डा.पौड्यालको जन्म कुपण्डोल ललितपुरमा भएको र हाल उनी नागार्जुन ३ काठमाडौंमा बस्दै आएकी छिन्।
पौड्यालले त्रि.वि.बि.बाट २०३५ मा एम .ए. र २०४९ मा भारतको विएचयुबाट पि. एच.डि गरी त्रि. वि. बि.अन्तर्गत इतिहास,संस्कृत तथा पुरातत्व केन्द्रीय विभागको विभागीय प्रमुख भइ सेवा गरेकी थिइन्।
नेपालको संस्कृति सम्बन्धमा करिब दुई दर्जन उनका पुस्तक प्रकाशित भएका छन् ।
उनले क श्रेणीको महेन्द्र विद्या भूषणको साथै आधा दर्जन पुरस्कार प्राप्त गरेकी छिन् भने अढाई दर्जन भन्दा बढी संस्थाबाट सम्मान प्राप्त गरेकी छिन्।
हाल उनी विभिन्न संस्थाहरूमा आवद्ध रहेकी छिन्।

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)