नेपालको चोरिएको उमा महेश्वरको मूर्ति डेन्भर आर्ट म्युजियमद्वारा फिर्ता

Uncategorized मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
१५ सेप्टेम्वर, वाशिंटन डिसी

नेपालको ललितपुरबाट चोरि भएर अमेरिकाको डेन्भर आर्ट म्युजियममा राखिएको उमा महेश्वरको मूर्ति नेपाललाई फिर्ता भएको छ । नेपाली राजदूतावास अमेरिकाले १३ सेप्टेम्वरमा एक प्रेस विज्यप्ति जारी गर्दै करिव सन् १९७५ देखि डेन्भर आर्ट म्युजियममा रहेको सो मूर्ति म्युजियमका अधिकारीहरुले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई हस्तान्तरण गरे ।


स्मरणीय छ, अन्तरराष्ट्रिय कानून अनुसार मूल देशको पुरातात्विक सामाग्री आफ्नो देशको हो भन्ने प्रमाण पेश गरेमा सम्बन्धित देशलाई फिर्ता गर्नु पर्ने हुन्छ । यही कानून अनुसार नेपालबाट चोरी भइ अमेरिका आएका कैयन् मूर्तिहरु विगतका केही बर्षमा नेपालमा फित्ता भएको छ ।
हस्तान्तरण समारोहमा राजदूत खतिवडाले म्युजियम पदाधिकारीहरुले सो मूर्ति फिर्ताका लागि गरेको सहयोगका लागि धन्यवाद दिए ।
राजदूतावासले अमेरिकाका विभिन्न राज्यमा सञ्चालन गर्दै आएको घुम्ती शिविरको सिलसिलामा कोलोराडोमा सम्पन्न घुम्ती शिविरका लागि आएका वखत यो कार्यक्रम पनि सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *