अन्तर्राष्ट्रिय अपराध र सुधार विषयक कविता संग्रह प्रकाशन गरिने

आत्म संस्मरण

विश्वपरिक्रमा डेस्क
२० सेप्टेम्वर, वाशिंटन डिसी

विश्वमा आपराधिक गतिविधि दिनानुदिन बढ्दै गएको तथा मानिसले आफ्नो स्वार्थका लागि अपराधलाई माध्यम बनाउन थालेका भन्दै यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन रसुधारका विकल्पहरु पहिल्याउन कवितालाई माध्यम बनाउने उद्धेश्यका साथ म्याडिसन कोठे गोष्ठी, अमेरिका र अनेसासको सहकार्यमा अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित गर्ने योजना बनाइएको छ ।
सो का लागि डा. गोबिन्द रावत संयोजक रहेको समितिमा निर्माण गरिएको छ जसमा एकबहादुर छेत्री उपसंयोजक र गोबर्धन पूजा, सर्वज्ञ वाग्ले, दिनार श्रेष्ठ, निरन्जन मल्ल, सन्ध्या पहाड़ी, महेश्वर पन्त र रन्जना निरौला सदस्यहरू रहेका छन् ।
उक्त संग्रहका लागि आ-आफ्नो कविता पठाएर सहयोग गर्न ‘अपराध र सुधार विषयक अन्तर्राष्ट्रियकविता संग्रह प्रकाशन समिति’ ले विश्वभरिका नेपाली भाषी कविहरुमा अनुरोध गरेको छ । समितिले जारी गरेको सूचना अनुसार २५० शब्दसम्मको कविता २०२१ अक्टुबर २० सम्ममा इमेल ठेगाना aparadhsudharkabita21@gmail.com मा पठाउन अनुरोध गरेको छ ।
प्राप्त कविताहरूमध्येबाट उत्कृष्ट कविताको संग्रह आगामि लेखनाथ जयन्तिमा प्रकाशित गरिने समेत सूचनामा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *