कवि पूर्णबहादुर बैद्यको निधन

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
२६ अगस्त, वाशिंटन डिसी

नेपाल भाषाका प्रख्यात कवि पूर्ण वहादुर वैद्यको विसं २०७८ साल भदौ १० गते वेलुका उपचारको क्रममा निदान अस्पताल ललितपुरमा निधन भएको छ । उनलाई कब्जियतको कारण भदौ २ गते अस्पताल भर्ना गरिएको थियो ।
मूलत: नेपाल भाषाका कवि बैद्यको जन्म नेसं १०५७ मा चोछें भक्तपुरमा भएको थियो । उनको पहिलो रचना नेपाल भाषाको प्रख्यात पत्रिका “सितु” मा नेसं १०८५ मा कविता प्रकाशनवाट भएको थियो ।
उनका कविता, निवन्ध, समालोचना विधामा कृतिहरु प्रकाशित भएका छन् । उनको शृङ्खलावध्द कविताहरुको सङ्ग्रह “ल ल ख” अर्थात् ” पानी पानी नै हो” निकै चर्चित रह्यो । त्यसका कविताहरु मञ्जुलले नेपाली भाषामा अनुवाद गरेका थिए भने ” ड्रप्स अफ वाटर” शिर्षकमा अङ्ग्रेजी भाषामा पनि अनुवाद भै प्रकाशित भएको थियो ।
उनले नेपाल भाषाको प्रतिष्ठित पुरस्कार “श्रेष्ठ सिरपा” नेसं १०८४ र ११०१ मा पाएका थिए । त्यस्तै विसं २०५३ को राष्ट्रिय प्रतिभा पुरस्कार, अस्वीकृत विचार पुरस्कार, ठाकुरलाल सिरपा आदि प्राप्त गरेका थिए ।
उनले जापानी कवि सुन्तारो तानिकावाको कविताहरु पनि सम्पादन।अनुवाद गरेका थिए ।

 

1 thought on “कवि पूर्णबहादुर बैद्यको निधन

Leave a Reply