गीत

मेरो कविताः मेरो रोजाइ

नवराज कार्की, क्यालिफोर्निया, अमेरिका

 

तिमी  पुग्यौ कहाँ  कहाँ  त्यहाँ  नेपाल  छ ?

जहाँ  पुगेँ  म विश्वमा  त्यहाँ  नेपाल  छ

 

म सोच्दछु  केही  कुरा  पहिले  नेपाली मै

अनि  बदल्छु  भाव त्यो  भाषा   भए कुनै

म देख्दछु  निदाउँदा  सपना  नेपाली मै

आमा ! भनेर रुन्छु म हाँस्छु नेपाली मै

 

हिमाल  छन्  जहाँजहाँ  त्यहाँ  नेपाल  छ

जहाँ  गुराँस  फुल्दछ  त्यहाँ  नेपाल  छ

 

कहाँ पुगेन देश यो फूलको सुवास झैं

जूनघाम झैं जताततै  फैल्यो बतास झैं

एउटा नेपाली होस् जहाँ त्यहाँ नेपाल  छ

जहाँ छ मूर्ति बुध्दको त्यहाँ  नेपाल  छ

 

म बस्दछु  जहाँ  जहाँ  त्यहाँ नेपाल छ

मनमा सधैं नेपाल छ  म छु नेपाल  छ

तिमी पुग्यौ कहाँ कहाँ त्यहाँ नेपाल छ

जहाँ पुगेँ म विश्वमा  त्यहाँ नेपाल छ

००

1 thought on “गीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *