बिमला अधिकारी देवकोटा, भरतपुर चितवन
सुन्यताले छाएको छ ,तिमी बिना गाउँमा
छिट्टैफर्की आऊ प्यारा, आफ्नै प्यारो ठाउँमा ।
तिम्रै लागि तड्पेकोछ,मन मुटु सधैं भरी
प्रतिबिम्ब बनी दिन्छौ, मेरो आँखा वरिपरि
चोखो माया साँचेकोछु, मैले तिम्रो नाउँमा
छिट्टैफर्की आऊ प्यारा, आफ्नै प्यारो ठाउँमा ।
तिम्रो माया भए पुग्छ, अरु केही चाहिँदैन
तिम्ले गर्ने चोखो माया, धन भित्र पाईँदैन
मेरो माया नजोख है ,सुन चाँदी भाउँमा
छिट्टैफर्की आऊ प्यारा,आफ्नै प्यारो ठाउँमा ।
सुन्यताले छाएको छ ,तिमी बिना गाउँमा
छिट्टैफर्की आऊ प्यारा, आफ्नै प्यारो ठाउँमा ।
कवयित्री परिचय: कवयित्री बिमला अधिकारी देवकोटाको मुक्तक सङ्ग्रह ” मनको किनारा” प्रकाशित छ ।