हाईटी भूकम्पमा मृतकको सङ्ख्या ७०० नाघ्यो

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
१५ अगस्त, वाशिंटन डिसी

गत शनिवार विहान हाइटीमा गएको शक्तिशाली भूकम्पमा ज्यान जानेहरुको सङ्ख्या ७०० नाघेको छ र जिवितको उध्दारको काम निरन्तर भइरहेको छ ।
भूकम्पको केन्द्रविन्दु सेन्ट लुइस द सुदबाट १२ किलोमिटर टाढा रहेको सो भूकम्पका कारण हाइटीमा ठूलो समस्या भएको छ । लेस कायसमा अवस्थित एङ्ग्लियन चर्चकी प्रमुख अर्दाकोन अविदा लोजामाले बिबिसीसँग भनिन्, ” सडकमा आर्तनाद सुनिएको छ । मानिसहरु आफ्ना प्रियजनको खोजिमा छन् र औषधी र पानीको खोजि गरिरहेका छन् ।
भूकम्पले प्रभावित क्षेत्र राजधानी पोर्ट ओ प्रिन्सवाट १२५ किलोमिटर टाढा रहेको छ ।
हाइटीका प्रधानमन्त्री आरियल हेनरीले एक महिना लामो सङ्कटकाल घोषणा गर्दै जनतालाई यो दुखको बेला एकताबध्द हुन आब्हान गरेका छन् ।
सो क्षेत्रमा भूकम्पका कारण आउने आँधीवेहरीको लागि सतर्क हुन पनि सचेत गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *