मेरो क्षितिज

अनुवाद मेरो कविताः मेरो रोजाइ

एलिसिया मिन्जारेज रामिरेज

म तिमीभित्र समाहित हुन चाहन्छु….
यसरी कि तिमीभित्र
म धारण गर्न सकूं
सवै सप्ताकाशहरू !

यसरी कि तिमीभित्र
विशाद र अनन्तताले
साथसाथै ल्याइरहेको छ
हल्का वायुको सामान्जस्यता
शान्तपूर्वक तिमीभित्र निश्वासझैं

म तिमीभित्र समाहित हुन चाहन्छु…
तिम्रो छातीको
न्यानो मरूभूमिमा;
अनि चुम्वनमा जो पग्लेर
सागर बन्छ
ब्रम्हाण्डको
यसका हातहरूका वीच ।

किनभने तिमी मात्रै
मेरो क्षितिज हौ
र म हुनेछु
तिम्रो अन्तिम गन्तव्य !

(मेक्सिकाली कवयित्री एलिसिया मिन्जारेज रामिरेजको कविता ॲंग्रेजीवाट अनुवाद;सुदामा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *