गुञ्जनको वार्षिक पुरस्कारको घोषणा

Uncategorized

विश्वपरिक्रमा डेस्क

३ अगस्त, वाशिंटन डिसी

नेपाली महिला साहित्यकारहरको संस्था गुञनले यस वर्षको वार्षिक पुरस्कारहरुको घोषणा गरेको छ ।

वर्ष २०७७।७८ को १५ हजार राशीको “गुञ्जन प्रतिभा पुरस्कार” आख्यानकार अनुपम रोशीलाई, वर्ष २०७८ को रु १५ हजार राशीको “गुञ्जन साहित्य पुरस्कार” साहित्यकार तथा रचनाका सम्पादक रोचक घिमिरेलाई, वर्ष २०७७।७८ को रु १० राशीको  “गुञ्जन बहुभाषी स्रष्टा सम्मान” केवरत भाषाकी स्रष्टा हेमन्ती केवरतलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी वर्ष २०७८ को रु ५ हजार राशीको ” गुञ्जन जेष्ठ नागरिक सम्मान” वरिष्ठ आख्यानकार गीताकेशरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

आख्यानकार अनुपम रोशी पहिलो उपन्यास “कुमारी आमा” को प्रकाशनसँगै चर्चित भइन् । त्यसपछि उनको “कालो छायाँ” उपन्यास र “मध्यान्तर” कथा सङ्ग्रह पनि चर्चित रहे ।

रोचक घिमिरे नेपाली साहित्यिक पत्रकारिताका उच्च आदरणीय वयक्तित्व हुन् । उनको पहिलो कृति “सम्झनामा फक्रिएका थुँगाहरु” वहुचर्चित रहेको थियो । पछिल्लो संस्मरणात्मक कृति पनि संस।रण क्षेत्रमा वेजोड मानिएको छ ।

स्रष्टा हेमन्त केवरतले आफ्नो भाषामा लेखन गरेर योगदान पुर्याएकी छिन् ।

वरिष्ठ आख्यानकार गीताकेशरीले नेपाली उपन्यासको क्षेत्रमा उल्लेख्य उपन्यासहरु प्रदान गरेर योगदान पुर्याएकी छिन् ।

यी सबै पुरस्कार तथा सम्मान गुञ्जनले यही साउन २९ गते सम्पन्न गरिने बार्षिकोत्सव समारोहमा समर्पण गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *