प्रभाति किरण

कविता मेरो कविताः मेरो रोजाइ

रञ्जुश्री पराजुली

 

कालो घटालाई पन्छाउँदै

सर्वत्र उज्यालो छर्ने

हे प्रकृतिमाताका वरदपुत्र !

तिम्रो स्वर्णिम  छटा युक्त

प्रभाती जन्म हेर्न

प्रतिक्षारत अनगिन्ती छविहरु

उत्साहित छन्

भिन्नभिन्न स्थानबाट

एउटै छटामा जन्मने तिमी

हे प्रभाती भानु !

स्वर्णिम किरण छर्दै

निमेष भरमा नै

आफ्नो पुर्ण छटा देखाउँछौ

सानो आकारबाट जन्मन

प्रयत्नरत लाली किरण युक्त

हे प्रभाती दिवाकर !

तिमीलाई अनन्त प्रणाम छ

ताल मेल संयोग र समयको

मिलनले विभिन्न स्थानबाट

तिम्रो प्रभाती दर्शन पाएँ

तर आज फेरि भाग्यले

पाताल देशको युटा राज्यबाट

पनि मैले तिम्रो पाएँ

स्वर्ण रञ्जित प्रभाती दर्शन

हे मेरा भाष्कर !

उहीँ रुप रङ्ग उहीँ समयमा

जन्मने कर्मयोगी तिमी

कर्मवादी बन्ने सन्देश फिजाउंछौ

चुक्दैनौ कहिले पनि

कर्म योगि बन्न

यो विश्वब्राह्मणमा तिमी

गतिशील भएर थपिरहेछौ

अनन्त स्वर्णिम उर्जा ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *