स्रष्टाहरुद्वारा धान रोपाई

Uncategorized मुख्य समाचार

१० असार, २०८०, काठमाडौं ।

सखी प्रतिष्ठानले प्रत्येक बर्ष स्रष्टाहरुको लागि धान रोपाइँको कार्यक्रमको आयोजना गर्दै आएकोमा यस बर्ष पनि सम्पन्न गरेको छ ।

सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको संयोजनमा आयोजना गरिएको धान रोपाइँमा सखी प्रतिष्ठानका प्रमुख सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुली, समाजसेवी सिर्जना रानी बस्नेत बर्मा, साहित्यकारहरु भगवती बस्नेत, जितेन्द्र रसिक, कमला रिसाल, सरिता सापकोटा, नीशा रिमाल, स्मृति डंगोललगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

सो अवसरमा स्रष्टाहरुले कृषि योग्य जमिनलाई प्लटिङ नगर्न र काठमाडौं उपत्यकालाई कंक्रिटको जङ्गल नबनाउन आग्रह गरे ।

 

Leave a Reply