वाना नेपाली दूतावास मैत्री फुटवल म्याचमा दूतावास विजयी

बाल रचना

विश्वपरिक्रमा डेस्क
३० अगस्त, वाशिंटन डिसी

वाल्टिमोरको पुरानो नेपाली सामुदायिक संस्था वाना र नेपाली दूतावासका वीच २८ अगस्तमा बाल्टिमोर, मेरिल्याण्डस्थित मिडोउड रिजनल पार्कमा एक मैत्री फूटवल प्रतियोगिता सम्पन्न भयो ।
सो खेलको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले गरेका थिए ।
सो खेलमा दूतावास टिमले वाना टिमलाई ४ गोलका विरुध्द नौ गोलले पराजित गरेको थियो ।
खेल समाप्त भएपछि राजदूत खतिवडाले पदक तथा प्रमाणपत्र विजेता र पराजित दुबै टिमका खेलाडीहरुलाई वितरण गरेका थिए ।
सो फूटवल खेलको उद्घाटनमा मेरिल्याण्ड तथा पेन्सिलभेनियाका लागि अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत पनि उपस्थित थिए ।
(फोटो : नेपाली तूतावासको वेवसाइट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *