तिल गङ्गा गोविन्द स्मृति प्रोत्साहन छात्रवृत्ति प्रदान

२९ माघ २०८२, भीमफेदी कवि तथा गीतकार सुभाषचन्द्र पौडेल’भीमफेदीया’ले आफू जन्मिएको गाउँ भीमफेदीमा रहेको ७८ वर्ष पुरानो श्री महेन्द्र माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रा सुश्री एन्जल घिसिङलाई रू २५,५५५/- को नगद राशि सहित ‘तिल गङ्गा गोविन्द स्मृति प्रोत्साहन छात्रवृत्ति २०८२’ प्रदान गरे। आफ्नी आमा तिलकुमारी,फुपू गङ्गा देवी तथा पिता गोविन्द प्रसादको स्मृतिमा यसै […]

Continue Reading

पोखरामा ‘सत्यम्‌’को परिचर्चा सम्पन्न

२४ माघ २०८२, पोखरा र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्‌’माथि परिचर्चा गरिएको छ । कार्यक्रममा समालोचक डा. नेत्र एटमले ‘सत्यम्‌’को परिचर्चा गरे । उनले कथाकारले अनुभव र स्मृतिको संयोजन गरेर कथा लेखेकाले कथा जीवन्त बनेको धारणा राखे । कथाकारले अवलोकन, अन्तरक्रिया र अभिलेखलाई सामग्री सङ्कलनको पद्धति बनाउने गरेको […]

Continue Reading

मासिक कथा वाचनको सत्ताइसौं श्रृङ्खला सम्पन्न

२३ माघ २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत हुने गरेको दशक-दशकका कथा वाचनको मासिक कार्यक्रमको सत्ताइसौं श्रृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा कथाकार राशि पाण्डेले २०४० को दशकको कथा’सिङथाजी’र मधुसूदनप्रसाद घिमिरेले’२०६० को दशकको कथा’गहिराइ’वाचन गरेर सुनाएका थिए। दिवङ्गत भइसकेका कथाकारको कथा वाचन गरेर शुरू हुने कार्यक्रममा यस पटक कथाकार लक्ष्मीनन्दन शर्माको कथा ‘लतमाया’लाई […]

Continue Reading

हृदयचन्द्र स्मृति सम्मान रामविनयलाई प्रदान गरिने घोषणा

२० माघ २०८२, काठमाडौं साहित्य सदन नेपालले प्रत्येक बर्ष प्रदान गर्दै आइरहेको “हृदयचन्द्र स्मृति सम्मान ” वि.सं. २०८२ का लागि रामविनय (रामकुमार श्रेष्ठ)लाई प्रदान गर्ने घोषणा गरेको छ । यो सम्मानका साथमा ५० हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । साहित्य सदन नेपालका सचिव प्रह्लाद पोखरेल हस्ताक्षरित विज्ञप्ति अनुसार सो सम्मान आगामि फागुन ४ […]

Continue Reading

‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ को घोषणा

  २० माघ २०८२, काठमाडौं सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । यी पुरस्कारका राशि जनही पच्चिस पच्चिस हजार रुपियाँ रहेको जनाइएको छ […]

Continue Reading

पिटरलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार

१७ माघ २०८२,नेपालगन्ज पत्रकार तथा साहित्यकार नरेन्द्रजंग पिटरलाई शनिबार २०८२ को “कृष्णसेन इच्छुक स्मृति पुरस्कार” हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा पिटरले ग्रहण गर्न पुग्न नसकेकाले प्रेस सेन्टर नेपालको बाँके शाखाले एक कार्यक्रमको आयोजना गरि सो पुरस्कार हस्तारन्तरण गरेको हो । सो पुरस्कार प्रेस सेन्टर नेपालका […]

Continue Reading

मुक्तक दिवसमा उषा शेरचन र रुपक श्रेष्ठ पुरस्कृत

१८ माघ २०८२, काठमाडौं नेपाल मुक्तक प्रतिष्ठानको तेह्रौँ वार्षिकोत्सव तथा मुक्तक दिवसरका अवसरमा कार्यक्रममा भीमदर्शन मुक्तक पुरस्कारबाट कवि उषा शेरचनलाई नगद राशि रू ५१०००/-सहित तथा कृष्ण -रत्न-चेतन मुक्तक पुरस्कारबाट बेलायतमा बसोबास गरेर नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याउँदै आएका कवि डा.रूपक श्रेष्ठलाई नगद राशि रू ३१०००/-सहित पुरस्कृत गरिए । सो अवसरमा प्रा.डा.लक्ष्मणप्रसाद गौतमद्वारा तयार गरिएको ‘मुक्तकको […]

Continue Reading

सुरभिको वार्षिकोत्सबमा अभिनन्दन,पुरस्कार समर्पण तथा पुस्तक लोकार्पण

१७ माघ २०८२, काठमाडौं सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १८ औँ वार्षिकोत्सबका अवसरमा प्रा.डा.समालोचक अभि सुवेदीलाई अभिनन्दन गर्नुका साथै ४ प्रतिभाहरूलाई बिभिन्न पुरस्कारहरू प्रदान गरियो । पुरस्कृत हुने प्रतिभाहरूमा नगद राशि रू ५१०००/ को “सुरभि विजय वाङ्मय पुरस्कार” समालोचक ठाकुर शर्मा भण्डारी, नगद राशि रू २५०००/- को “गुरुप्रसाद मैनाली सुरभि आख्यान पुरस्कार” आख्यानकार खगेन्द्र संग्रौला, नगद […]

Continue Reading

नेपाली कला साहित्य डटकमका पुरस्कारहरूको घोषणा

१५ माघ २०८२, काठमाडौं नेपाली कलासाहित्य डटकम वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा बिहीबार ललितपुरमा बसेको कार्यसमितिको बैठकले उक्त सम्मान तथा पुरस्कारको घोषणा गरेको हो । प्रतिष्ठानले जनाएअनुसार ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’का वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई, एक लाख रुपैयाँ […]

Continue Reading

साहित्यकार रामचन्द्र भट्टराईको निधन

१३ माघ २०८२, भैरहवा नेपाली साहित्यका कवि रामचन्द्र भट्टराईको ८४ वर्षको उमेरमा हृदयाघातका कारण आफ्नै निवासमा मृत्यु भएको छ । कवि भट्टराईलाई घरमै बेहोश पाइएपछि अस्पत्याल पु-याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । विसं १९९८ साल असोज ५ गते भुवन पोखरी पाल्पामा जन्मिएका उनले वि.सं. २०१९ सालमा “भाँचिएको तामा” कविता प्रकाशनसँगै साहित्य यात्रा प्रारम्भ […]

Continue Reading