अनेसास दिवसमा स्रष्टा सम्मान र कृति लोकार्पण

११ जनवरी २०२५, भर्जिनिया अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी मेट्रो च्याप्टरको आयोजनामा ३४ औँ अनेसास दिवस मनाइएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई अभिनन्दन तथा तीन कृतिहरूको लोकार्पण गरिएको थियो । कवि राम अधिकारीको कवितासङ्ग्रह ‘सपना र छायाहरू’ साहित्यकार होमनाथ सुवेदीको ‘नन्दा’ शोककाव्यको भिडियो संस्करण र वरिष्ठ पत्रकार एवम् प्राध्यापक पुरुषोत्तम दाहालको ‘शान्ता’ उपन्यास […]

Continue Reading

नियात्रा समाज नेपालको नवौं साधारण सभा सम्पन्न

१५ पुस २०८१, काठमाडौं नियात्रा समाज नेपालको नवौं साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाले नयाँ कार्य समितिको निर्वाचन समेत सम्पन्न गरेको छ । निर्वाचन परिणाम अनुसार मोहन चापागाईंको अध्यक्षतामा , उपाध्यक्ष डा. दामोदर पुडासैनी किशोर , महासचिव भवानी खतिवडा, कोषाध्यक्ष सरिता अर्याल तथा कार्यकारी सदस्यहरु कृष्ण प्रसाईं , भीष्म उप्रेती, विष्णु प्रसाद […]

Continue Reading

प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मानको घोषणा

२५ मंसिर २०८१, काठमाडौं नेपाल स्रष्टा समाजले प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ । सिर्जनात्मक क्षेत्रमा सक्रिय भण्डारीलाई नेपाली भाषा र साहित्यको कविता क्षेत्रमा योगदान गरे बापत उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । कवि मनोज भण्डारी नेपाल संस्कृत विश्व विद्यालयबाट व्याकरणमा शास्त्री तहका स्वर्ण पदक […]

Continue Reading

अनेसास पुरस्कारहरूका लागि पुस्तक आह्वान

८ डिसेम्वर २०२४, वासिङ्गटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले समाजबाट बाट प्रदान गरिने विभिन्न पुरस्कारहरू हेतु पुस्तक दर्ता गर्ने सूचना जारी गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट विगतका वर्षहरूजस्तै यस वर्ष पनि संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी २००० अमेरिकी डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकासाथ कविता, […]

Continue Reading

प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत

१५ गते ०२८१, पोखरा साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पु-याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई सो पुरस्कार अर्पण गरेको हो । पुरस्कार ग्रहण गरेपछि पुरस्कृत प्रतिभा […]

Continue Reading

का. जलजला उपन्यास बिमोचित

१५ मंसिर २०८१, काठमाडौं नेपाली राजनीतिका वयोवृद्ध नेता तथा साहित्यकार मोहन विक्रम सिंहको बृहत् आकारको उपन्यास ” का. जलजला” काठमाडौंमा विमोचन भएको छ । नेपाली उपन्यास जगतमा सर्वाधिक ठओलो आकारको यो उपन्यास १२‍३२० पेजको रहेको छ र यसको लेखनका लागि २३ वर्ष लागेको बताइएको छ । यसअघि कविता, लामो कविता, गीति नाटक, नाटक र विचार […]

Continue Reading

अनेसास शिखर पुरस्कार वितरण सम्पन्न

११ मङ्सिर २०८१ , काठमाडौ । शिखर बैद्यको ६२ औं जन्मजयन्तीको अवसरमा आयोजित “अनेसास शिखर पुरस्कार” काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी साहित्यकार एवं पत्रकार होम कार्कीलाई अनेसास शिखर पुरस्कार प्रदान गरिएको छ । प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले उनलाई नगद ३३,३३३/- राशि प्रदान गरेका थिए । नलाई सो अवसरमा सम्मानपत्र, दोसल्ला, टोपी र मालासहित […]

Continue Reading

अनेसास एशिया समितिको गठन

१० मंसिर २०८१, काठमाडौं अनेसास अर्थात् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितिले केन्द्रीय उपाध्यक्ष सरिता अर्यालको संयोजकत्वमा एशिया समितिको गठन गरेको जनाएको छ । प्राप्त समाचार अनुसार समितिमा वरिष्ठ उपाध्यक्ष अरुण पौडेल (जापान), उपाध्यक्ष गीता रेग्मी (नेपाल), महासचिव ह्यारीबोण्ड (कोरिया), सचिव श्यामराज रानाभाट (कतार) तथा कोषाध्यक्ष लतिका जोशी (भारत) रहेका छन् ।

Continue Reading

लेखनाथ काव्य पुरस्कार, बालकृष्ण सम पुरस्कार तथा देवकोटा काव्य पुरस्कारको घोषणा

१० मंसिर २०८१, काठमाडौं त्रिमूर्ति निकेतनले लेखनाथ काव्य पुरस्कार, बालकृष्ण सम पुरस्कार तथा देवकोटा काव्य पुरस्कारको घोषणा गरेको छ । निकेतनले जनाए अनुसार छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’, नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्वपूर्ण […]

Continue Reading

देवी नेपाल असममा पुरस्कृत हुँदै

५ मंसिर २०८१, काठमाडौं असम नेपाली साहित्य सभाले कीर्तिशेष स्रष्टा निरु शर्मा पराजुलीका नाममा स्थापित “निरु शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार” प्रा.डा. देवी नेपाललाई प्रदान गर्ने भएको छ । सो पुरस्कार डिसेम्बर ५देखो ८ सम्म उत्तरी असमको गोलाघाटमा हुने सभाको १६ औँ महाधिवेशन तथा स्वर्णजयन्ती समापन समारोहमा प्रदान गरिनेछ ।

Continue Reading