नई प्रकाशनबाट नौ जना बाल प्रतिभा पुरस्कार हुँदै

समाचार

१७ माघ २०८१, काठमाडौं

नइ प्रकाशनले आ आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ वर्षदेखि १५ वर्ष सम्मका नौ जना बालबालिकालाई ताम्रपत्रसहित जनही दस हजार रूपियाँको २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
पुरस्कृत हुने बाल प्रतिभाहरूमा बहु आयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ सुश्री प्रतिष्ठा केसी, चित्रकलातर्फ सुश्री श्रीया गुरुङ, सङ्गीततर्फ सुश्री सानवी यादव, नृत्यतर्फ सुश्री अनिका महर्जन, खेलकुदतर्फ सुश्री सुप्रिया ऐर छन् ।
यसैगरी ताम्रपत्रसहित सात हजार रूपियाँका नइ कोपिला पुरस्कार गायनमा सुश्री काव्या शिवाकोटी र नृत्यमा सुश्री सुधा तामाङलाई समर्पण गर्ने निर्णय भएको छ ।
रहेका छन् ।
त्यस्तै ताम्रपत्रसहित पाँच हजार रूपियाँको नइ चिचिला पुरस्कार तीन वर्षकी सुश्री मानशी भण्डारीलाई समर्पण गरिने भएको छ ।
नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

Leave a Reply