१३ माघ २०८१, काठमाडौं
साहित्यिक पत्रकार संघ कवि प्रा. डा. गोपी उप्रेतीको कविता सङ्ग्रह “प्रकृत्या सहजीवनम्”को परिचर्चा कार्यक्रमको आयोजना गर्यो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रम वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा. डा. गोविन्दराज भट्टराईले प्रा. डा. गोपी उप्रेतीको कविता सङ्ग्रह “प्रकृत्या सहजीवनम्”को चर्चा गर्दै प्रकृति र मानव जीवनको महत्व माथि प्रकाश पारे । साथै साहित्यकारहरू कृष्ण बाउसे, डा. दामोदर पुडासैनी र मन्जिला अनिलले “प्रकृत्या सहजीवनम्”बारे आ आफ्नो मन्तव्य राखे ।
कार्यक्रममा वरिष्ठ इतिहास विद् प्रा. डा सुरेन्द्र के. सी., मानवअधिकार कर्मी सुशील प्याकुरेल, कृतिकार कवि प्रा. डा. गोपी उप्रेती, सभाध्यक्षराधेश्याम लेकालीले आ आफ्नो मन्तव्य राखे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पुरस्कार समितिका नि वर्तमान अध्यक्ष कवि गोपी उप्रेतीलाई मायाको चिनो, टोपी र मालाले सम्मान पनि गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सर्जक कमला रिसालले गरेकी थिइन् ।
