“डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित

११ असोज २०८० असोज, काठमाडौं । वाशु शशी स्मृति परिषदको आयोजनामा श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पण सम्पन्न भयो । परिषदका अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा  डा. विष्णुविभू घिमिरे,  डा. तुलसीप्रसादभट्टराई,  राधेश्याम लेकालीलगायतले सो कृतिको सामुहिक लोकार्पण गरे । समारोहमा   डा. उषा ठाकुरको लिखित मन्तव्य वाचन गरिएको […]

Continue Reading

साहित्यकार द्वय दीपकमणि दाजुभाइलाई पितृशोक

१० असोज २०८०, काठमाडौं नेपाली साहित्यका प्रखर युवा साहित्यकारहरु दीपक लोहनी तथा मणि लोहनीका पिता शिवशरण लोहनीको ८२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ । दिवङ्गत लोहनीको ८२ बर्षका थिए ।

Continue Reading

जीवन: तीन मुक्तक

ज्ञान उदास  १) जीवनमा निरास नहुनू ,हरेस पनि नखानू जीवनमा निसाफ नछोड्नू बेहिसाब पनि नगर्नू कमसेकम मानवताको परिभाषा बुझौं जीवनमा सुवास दिनू, कुवास कहिल्यै नदिनू ।   २) जीवनलाई धेरै प्रचार पनि नगर्नू जीवनलाई धेरै बिचार पनि नगर्नू जीवनलाई चिन्ने कोशिस मात्र गरौं जीवनलाई धेरै आकार पनि नदिनू !   ३) जीवनलाई धेरै नकोट्याउनु पनि […]

Continue Reading

एकदिने चक्करमा तीन पुर

जय छाङ्छा   कान्तिपुर अर्थात् काठमाडौं उपत्यकाका डाँडाहरूका भ्रमण सम्पन्न गरिसकेर ‘पैदलै काठमाडौंका चुलीहरू’ नामक नियात्रा कृति वि.सं. २०७५ मा प्रकाशित गरिसकेको छु । र, सो कृतिलाई ‘तुलसी चन्द्र स्मृति पुरस्कार’ समेत प्राप्त भएको थियो । यति हुँदाहुँदै पनि काठमाडौं वरिपरि र आसपासका स्थानहरू घुम्ने धोको मेटिइसकेको छैन मेरो । कुलेखानी तथा चित्लाङको यात्रा गर्न […]

Continue Reading

अनेसास कविता महोत्सवमा अमेरिकाकाका जगन्नाथ पौडेल प्रथम

२४ सेप्टेम्वर २०२३, वाशिंटन डिसी राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्दै आएको यो तेस्रो संस्करणमा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन् । प्रतियोगितामा ललितपुर नेपालका ऋषभदेव घिमिरेको कविता द्वितीय र आनन्द श्रेष्ठ, न्यूजर्सी, अमेरिका, मदन घिमिरे कास्की, नेपाल र सुमन शिरिष, सिन्धुपाल्चोक, नेपालको कवितालाई तृतीय घोषित गरिएको […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कारको घोषणा

८ असोज २०८०, काठमाडौं खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले बर्सेनी प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कार यस बर्ष “मनु” उपन्यासकोलागि डा. देवी प्रसाद सुवेदीलाई प्रदान गर्ने निर्णय भएको छ । यस बर्षको पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिनुहुने कलाकार दुर्गाबराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय भएको छ । […]

Continue Reading

विचारको बिस्कुन लोकार्पित

७असोज २०८०, विराटनगर पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित  साहित्यकार बलराम पोखरेलको  विविध विचारसङ्ग्रह विचारको बिस्कुनलोकार्पण  एक समारोहका वीच । प्रमुख अतिथि समाजसेवी  लेखनाथ घिमिरे , प्रा. डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. मेदिनीप्रसाद शर्मालगायतका स्रष्टाहरूले सामुहिक रूपमा लोकार्पण गरेको छन् । यस कृतिभित्र विसं २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म हरेक दिन  लेखिएका ३६५ दिनका विविध  […]

Continue Reading

पारिजात स्मृति केन्द्रको अध्यक्षमा मातृका पोखरेल

६ असोज २०८०, काठमाडौं सुप्रसिध्द लेखिका पारिजातको नाममा स्थापित पारिजात स्मृति केन्द्रको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रगतिवादी कथाकार इस्मालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सभाको सभापतित्व केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले गर्नुभएको थियो । साधारणसभामा महासचिव दीलसुन्दर श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. विन्दु शर्माले प्रस्तुत गर्नुभएको आ.व. २०७९ / […]

Continue Reading

भूगोल साहित्य समाजको वार्षिकोत्सवमा पहाडी पुरस्कृत

६ असोज २०८०, काठमाडौं भूगोल साहित्य समाज,काठमाडौंको चौथो वार्षिकोत्सव तथा साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा साहित्यकार ओम आचार्यद्वारा आफ्ना जेठा ठूलो बुबा तथा ठूली आमाको स्मृतिमा स्थापना गरिएको नगद रू २५०२५/- को झगु-लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार साहित्यकार रामबहादुर पहाडीलाई प्रदान गरियो। पुरस्कार प्रमुख अतिथि कवि वियोगी बुढाथोकीले समर्पण गरे । […]

Continue Reading

मध्ययुगीन मैथिली नाट्य र गीतबारे भाषावैज्ञानिक पुस्तक प्रकाशित

४ असोज २०८०, काठमाडौं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले डा.रामावतार यादव लिखित “मध्ययुगीन मैथिली नाट्य र गीति कृतिहरूको भाषावैज्ञानिक वर्णन-विश्लेषण” नामक पुस्तक प्रकाशित गरेको छ । यस कृतिलाई प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य एवम् परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख धीरेन्द्र प्रेमर्षिको सम्पादन गरेका हुन् । जर्मनी, बेलायत, अमेरिका, भारत र नेपालबाट समेत अङ्ग्रेजी र […]

Continue Reading