पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कारको घोषणा

मुख्य समाचार

८ असोज २०८०, काठमाडौं

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले बर्सेनी प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कार यस बर्ष “मनु” उपन्यासकोलागि डा. देवी प्रसाद सुवेदीलाई प्रदान गर्ने निर्णय भएको छ ।

यस बर्षको पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिनुहुने कलाकार दुर्गाबराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय भएको छ ।

गत वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाको क्षेत्रमा विशेष योगदान दिनुहुने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई अर्पण गर्ने निर्णय गरिएको छ ।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार सबैमान रु. तीन लाख नगद रहेको छ । यी पुरस्कार तथा सम्मान विगतका बर्षहरूजस्तै यस बर्ष पनि कोजाग्रत पूर्णिमाको दिन समर्पण गरिने व्यहोरा प्रतिष्ठानका अध्यक्ष जीवालामिछाने हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *