“डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित

मुख्य समाचार

११ असोज २०८० असोज, काठमाडौं

वाशु शशी स्मृति परिषदको आयोजनामा श्याम प्रधानद्वारा अनुवादितडा. राजेन्द्र प्रसादको आत्मकथालोकार्पण सम्पन्न भयो

परिषदका अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा  डा. विष्णुविभू घिमिरे,  डा. तुलसीप्रसादभट्टराई,  राधेश्याम लेकालीलगायतले सो कृतिको सामुहिक लोकार्पण गरे

समारोहमा   डा. उषा ठाकुरको लिखित मन्तव्य वाचन गरिएको थियो साहित्यकारहरु डा. विष्णुविभू घिमिरे, डा. तुलसीप्रसाद भट्टराई, राधेश्याम लेकाली, हरि गौतमलगायतले कृतिमाथि आआफ्नो मन्तव्य राखेका थिए

साथै परिषदका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य तथा अनुवादक श्याम प्रधानले लेखकीय मन्तव्य राखेका थिए

कार्यक्रम कवि एवं सन्चारकर्मी ठाकुर वेकबासेले संचालन गरेका थिए

स्मरणीय , अनुवादकक श्याम प्रधानका यसअगि प्रेमचन्दका उत्कृष्ट कथा, हिनामिना, देवदास, वक्त के घोडेलगायतका अनुदितकृतिहरु प्रकाशित छन्

Leave a Reply