११ असोज २०८० असोज, काठमाडौं ।
वाशु शशी स्मृति परिषदको आयोजनामा श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पण सम्पन्न भयो ।
परिषदका अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा डा. विष्णुविभू घिमिरे, डा. तुलसीप्रसादभट्टराई, राधेश्याम लेकालीलगायतले सो कृतिको सामुहिक लोकार्पण गरे ।
समारोहमा डा. उषा ठाकुरको लिखित मन्तव्य वाचन गरिएको थियो । साहित्यकारहरु डा. विष्णुविभू घिमिरे, डा. तुलसीप्रसाद भट्टराई, राधेश्याम लेकाली, हरि गौतमलगायतले कृतिमाथि आआफ्नो मन्तव्य राखेका थिए ।
साथै परिषदका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य तथा अनुवादक श्याम प्रधानले लेखकीय मन्तव्य राखेका थिए ।
कार्यक्रम कवि एवं सन्चारकर्मी ठाकुर वेकबासेले संचालन गरेका थिए ।
स्मरणीय छ, अनुवादकक श्याम प्रधानका यसअगि प्रेमचन्दका उत्कृष्ट कथा, हिनामिना, देवदास, वक्त के घोडेलगायतका अनुदितकृतिहरु प्रकाशित छन् ।